अहिले ती ढुंगा पन्छाएर अब फेरि डोंडारेमा घट्ट हाल्न मिल्छ कि मिल्दैन भन्ने सुमनलाई अड्कल गर्न गाह्रो छ । खोल्सामा सीमित गहिरो खोला पुरिएर अहिले बगर बनेको छ ।
बाढीले तहसनहस पारेको सिस्नेरी बजारको कुनामा सुमन एउटा हातले टाउको समातेर बसेका छन् ।
उनी बेला–बेला घट्ट बगाएर बगर बनेको ठाउँ हेर्न पुग्छन् । बगरमा उनले ढुंगाबाहेक भेटाउने कुरा केही छैन । ढुंगामा बसेर सुसाएर बगेको डोंडारे खोलाको पानीलाई हेर्छन्, छुन्छन् । खोलाले सुन्थ्यो भने उनलाई सोध्न मन होला, ‘किन यति निर्दयी भइस् ?’
सुमन कसैसँग कुराकानी गर्नासाथ भक्कानिन्छन् । बाढीले बगाएको घरबाट केही पनि निकाल्न नपाएको कुराले उनलाई चिमोट्छ । सिस्नेरी बजारमा भाडा लगाउन नम्बरी जग्गामै बनाएको टहरा पनि खोलाले बढारेको दृश्यले उनलाई बिथोलिरहन्छ । घट्टमा गीत गाउँदै मकै पिसेको यादले पीर मात्रै थपिदिन्छ ।
ज्यान बचेकोमा खुसी हुने कि भएभरको जायाजेथा बगेको भक्कानिएर रुने ? वरपर र आफन्तहरु पनि अहिले दुःखमा छन् भनेर मन बुझाउने कि चुँडिएको हात हेरेर केही गरिखाने चिन्ता गर्ने भन्ने दुविधाले उनको आँखामा आशु टिलपिल गर्छन् ।
घर भएको ठाउँ बगर बनेपछि बस्ने टहरा हाल्ने ठाउँ पनि कहाँ खोज्ने भन्ने सोच्न सकिरहेका छैनन् । ‘मेरो त गरिखाने घट्ट, ओत लाग्ने घर, टहराहरु सबै लग्यो’, उनी भन्छन्, ‘अब म जस्तो मान्छेले कहाँ गएर के गरेर खाने भन्ने पीर मात्रै लागिरहेको छ ।’
अपांग भएकाले उनी उमेरमा साथीहरुसँग विदेश जान पनि पाएनन् । सिस्नेरीको खोलामा आफ्नो जीविका खोजे । उनकी श्रीमतीले सिस्नेरी खोला छेउमा ब्लक बनाउँथिन् । मकै घान हालेर सुमन पनि काम सघाउन त्यहीँ पुग्थे ।
छोराछोरीलाई राम्रोसँग पढाउने बाहेक ठूला सपना बोकेनन् । परिवार नै सर्वस्व मानेर हात खियाइरहे । वरपर नै बसेका तीन जना दाइका परिवारसँग मिलेर बसे ।
अहिले सुमनसँगै उनका दाइहरुका घर जग्गा पनि यही बाढीमा बगेको छ । बचेका केही घरहरु पनि बस्नयोग्य छैनन् ।
सुमनका अनुसार उनको परिवारका सबैजना सिस्नेरीमै केही न केही गरेर बसेका थिए । आफ्नै ठाउँमा गरिखाने बाटो खोजेकाले कोही पनि विदेशमा काम गर्न गएनन् । ‘अहिले सिस्नेरी बजार नै रहेन, हाम्रो परिवारको धेरै वटा घर र पसलहरु डोंडारे र कुलेखानीले बढार्यो,’ उनी भन्छन्, ‘यहाँ दुःखमा नपरेका कोही छैनन् ।’
यो बज्रपातले उनका दुईजना दाइहरु त बिरामी नै परेका छन् । परिवारका सबै छटपटीमै छन् । एकले अर्कालाई सान्त्वना त दिइरहेका छन्, तर राम्रोसँग निदाउन सकेका छैनन् ।
‘ढुंगाका आडमा बस्छौं, सुत्छौं, राति निन्द्रा आउँदैन’, भक्कानिंदै सुमन भन्छन्, ‘सबैजसोको जीउमा लगाएको कपडा र केही निकाल्न भ्याएका सामानबाहेक केही रहेन, चिन्ता त भोलिकै छ ।’ मजदुरी गरी खानसमेत नसक्ने आफ्नो शारीरिक अवस्थाका बीच यो बाढीले उनलाई ठूलो मानसिक तनाव थपिएको छ । जीवन गुजारा गर्न र छोराछोरीलाई हुर्काउन अब सिस्नेरीमै सम्भव हुन्छ कि हुँदैन भन्ने पीरबाट उनी थिचिएका छन् ।
‘बाढीले हामीलाई खाल्डोमा गाड्यो, बस्ने ठाउँ नै सुरक्षित छैन’, उनी भन्छन्, ‘एउटा टहरो पनि कसरी बनाउने भन्ने पनि मलाई थाहा छैन, हामी बेसाहरा भयौं । ’
भोलिको पीर मात्रै हैन, बाँच्नका लागि आजैको खानेबस्ने चिन्तासमेत उत्तिकै छ । १२ असोजपछि सामूहिक मेस चलाइरहेको सुमनको सिंगै परिवारलाई केही बोरा चाम राहतमा नआएको हैन । तर, चामल सकिंदै जाँदा के खाने भन्ने पीर बढ्दै जाने अवस्थाले सुमनलाई सम्हालिन गाह्रो हुन्छ ।
जिन्दगीमा एक बोरा चामल पनि अरुबाट आश गर्नुपर्ने बेला आउला भन्ने उनलाई कहिल्यै लागेको थिएन । एउटा हातै नभएपनि आफ्नो पौरखले बाँच्न पाएकोमा गर्व थियो ।
अहिले अवस्था त्यस्तो छैन । ठूला ढुंगामाथि लगाइएको चुल्होमा भात बसालेपछि खैलाबैला हुन्छ, ‘तरकारी के खाने ?’ उनीहरु तरकारी समेत गाउँबाट मागेर ल्याएर खानुपर्ने अवस्थामा आइपुगेका छन् ।
‘अपांग त थिएँ, तर आफूलाई कहिल्यै मनको कमजोर छु जस्तो लाग्दैन थियो’, सुमन भन्छन्, ‘अहिले त फतक्कै गलेको छु, म यति कमजोर मान्छे होइन, परस्थितिले बनाउँदो रहेछ ।’
यस्तो बेला सरकार र राज्यको उपस्थिति शून्य देखेर उनलाई झन् चित्त दुखेको छ । ‘यस्तो पीडामा के छ भनेर सोध्न नआएको सरकार कहिले काम आउँछ ?’ उनी भन्छन्, ‘गुनासो हैन, सरकारसँग हाम्रो चित्त दुखाइ छ ।’
उनले रेडियो टिभी र युट्युबमा सरकारका मान्छे र दलका नेताले अपांगता भएकाहरुको अधिकारको बहस र भाषण बाजी गरेको धेरै हेरेका छन् । तर, संकटमा पर्दा पनि विशेष अवस्थामा आफूजस्ता मान्छेमाथि न्याय गर्न नसक्ने तिनीहरुप्रति घृणा लागेको उनको भनाइ छ ।
‘असहाय, अपांग र गरिबलाई अपांगका लागि भनेर एनजीओ खुल्छन्, सरकारमा सहयोग आएको छ भन्छन्’, उनी भन्छन्, ‘अहिले यो अवस्थामा नपाएको सहयोग कहिले पाइन्छ ?’
<iframe title="सुमनको पीडा : हात त थिएन, घर र घट्ट पनि रहेन" src="https://www.youtube.com/embed/Q8xbhmcCKrI?feature=oembed" width="640" height="360" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" allowfullscreen="allowfullscreen" loading="lazy" referrerpolicy="strict-origin-when-cross-origin"></iframe>
new rules has been implemented.
new rules has been implemented.
this is new notification.
hi
jgj
पौष महिनाको राशिफल हेर्नुहोला।
आजै Mero Jyotish एपको CALL र TEXT मार्फत घरमै बसेर ज्योतिषी गुरुहरू संग परामर्श लिन सक्नुहुन्छ।
This is body of test news
hi this is test
rewrwe
rwerewrwe
This is with image
khkhkl
आजै Mero Jyotish एप मार्फत बिज्ञ ज्योतिषसंग अनलाइन CALL अथवा TEXT मार्फत परामर्श लिनुहोस्।
माघ महीनाको राशिफल हेर्न यहाँ थिच्नुहोस्।
चिन्ता छोड्नुहोस्, आजै Mero Jyotish एपमार्फत विज्ञ ज्योतिषसँग अनलाइन परामर्श लिनुहोस्।
Mero Jyotish एप मार्फत बिज्ञ ज्योतिषसंग अनलाइन परामर्श लिन सक्नुहुन्छ।
Mero Jyotish एप मार्फत बिज्ञ ज्योतिषसंग घरमै बसेर CALL अथवा TEXT मार्फत परामर्श लिनुहोस्। ????
Mero Jyotish एप मार्फत बिज्ञ ज्योतिषसंग अनलाइन परामर्श लिन सक्नुहुन्छ। ????
आजै Mero Jyotish एप मार्फत बिज्ञ ज्योतिषसंग अनलाइन CALL अथवा TEXT मार्फत जिवनको बिभिन्न विषयमा परामर्श लिनुहोस्।
आजै Mero Jyotish एप मार्फत बिज्ञ ज्योतिषसंग अनलाइन परामर्श लिन सक्नुहुन्छ।
आजै Mero Jyotish एप मार्फत बिज्ञ ज्योतिषसंग अनलाइन परामर्श लिन सक्नुहुन्छ।
त्रुटिरहित र सहज सेवा सुनिश्चित गर्न कृपया Mero Jyotish एप अप्डेट गर्नुहोस्।
Mero Jyotish एप मार्फत बिज्ञ ज्योतिषसंग अनलाइन परामर्श लिनुहोस्।
Mero Jyotish एप मार्फत बिज्ञ ज्योतिषसंग अनलाइन परामर्श लिनुहोस्।
आजै Mero Jyotish एप मार्फत बिज्ञ ज्योतिषसंग अनलाइन CALL अथवा TEXT मार्फत जिवनको बिभिन्न विषयमा परामर्श लिनुहोस्।
It is our great pleasure to introduce our company “NepalApp” as a rapidly growing in Electronics & IT serving company. Our main focus is on research, development and implementation of new innovative ideas on IT and Electronics related fields. As well as ,we are successfully handling our Customers with quality IT Equipment’s.
Being IT company we also provide IT security. we work on security products like CC Camera, IP Camera, Attendance Software, RFID ...