अहिले ती ढुंगा पन्छाएर अब फेरि डोंडारेमा घट्ट हाल्न मिल्छ कि मिल्दैन भन्ने सुमनलाई अड्कल गर्न गाह्रो छ । खोल्सामा सीमित गहिरो खोला पुरिएर अहिले बगर बनेको छ ।
बाढीले तहसनहस पारेको सिस्नेरी बजारको कुनामा सुमन एउटा हातले टाउको समातेर बसेका छन् ।
उनी बेला–बेला घट्ट बगाएर बगर बनेको ठाउँ हेर्न पुग्छन् । बगरमा उनले ढुंगाबाहेक भेटाउने कुरा केही छैन । ढुंगामा बसेर सुसाएर बगेको डोंडारे खोलाको पानीलाई हेर्छन्, छुन्छन् । खोलाले सुन्थ्यो भने उनलाई सोध्न मन होला, ‘किन यति निर्दयी भइस् ?’
सुमन कसैसँग कुराकानी गर्नासाथ भक्कानिन्छन् । बाढीले बगाएको घरबाट केही पनि निकाल्न नपाएको कुराले उनलाई चिमोट्छ । सिस्नेरी बजारमा भाडा लगाउन नम्बरी जग्गामै बनाएको टहरा पनि खोलाले बढारेको दृश्यले उनलाई बिथोलिरहन्छ । घट्टमा गीत गाउँदै मकै पिसेको यादले पीर मात्रै थपिदिन्छ ।
ज्यान बचेकोमा खुसी हुने कि भएभरको जायाजेथा बगेको भक्कानिएर रुने ? वरपर र आफन्तहरु पनि अहिले दुःखमा छन् भनेर मन बुझाउने कि चुँडिएको हात हेरेर केही गरिखाने चिन्ता गर्ने भन्ने दुविधाले उनको आँखामा आशु टिलपिल गर्छन् ।
घर भएको ठाउँ बगर बनेपछि बस्ने टहरा हाल्ने ठाउँ पनि कहाँ खोज्ने भन्ने सोच्न सकिरहेका छैनन् । ‘मेरो त गरिखाने घट्ट, ओत लाग्ने घर, टहराहरु सबै लग्यो’, उनी भन्छन्, ‘अब म जस्तो मान्छेले कहाँ गएर के गरेर खाने भन्ने पीर मात्रै लागिरहेको छ ।’
अपांग भएकाले उनी उमेरमा साथीहरुसँग विदेश जान पनि पाएनन् । सिस्नेरीको खोलामा आफ्नो जीविका खोजे । उनकी श्रीमतीले सिस्नेरी खोला छेउमा ब्लक बनाउँथिन् । मकै घान हालेर सुमन पनि काम सघाउन त्यहीँ पुग्थे ।
छोराछोरीलाई राम्रोसँग पढाउने बाहेक ठूला सपना बोकेनन् । परिवार नै सर्वस्व मानेर हात खियाइरहे । वरपर नै बसेका तीन जना दाइका परिवारसँग मिलेर बसे ।
अहिले सुमनसँगै उनका दाइहरुका घर जग्गा पनि यही बाढीमा बगेको छ । बचेका केही घरहरु पनि बस्नयोग्य छैनन् ।
सुमनका अनुसार उनको परिवारका सबैजना सिस्नेरीमै केही न केही गरेर बसेका थिए । आफ्नै ठाउँमा गरिखाने बाटो खोजेकाले कोही पनि विदेशमा काम गर्न गएनन् । ‘अहिले सिस्नेरी बजार नै रहेन, हाम्रो परिवारको धेरै वटा घर र पसलहरु डोंडारे र कुलेखानीले बढार्यो,’ उनी भन्छन्, ‘यहाँ दुःखमा नपरेका कोही छैनन् ।’
यो बज्रपातले उनका दुईजना दाइहरु त बिरामी नै परेका छन् । परिवारका सबै छटपटीमै छन् । एकले अर्कालाई सान्त्वना त दिइरहेका छन्, तर राम्रोसँग निदाउन सकेका छैनन् ।
‘ढुंगाका आडमा बस्छौं, सुत्छौं, राति निन्द्रा आउँदैन’, भक्कानिंदै सुमन भन्छन्, ‘सबैजसोको जीउमा लगाएको कपडा र केही निकाल्न भ्याएका सामानबाहेक केही रहेन, चिन्ता त भोलिकै छ ।’ मजदुरी गरी खानसमेत नसक्ने आफ्नो शारीरिक अवस्थाका बीच यो बाढीले उनलाई ठूलो मानसिक तनाव थपिएको छ । जीवन गुजारा गर्न र छोराछोरीलाई हुर्काउन अब सिस्नेरीमै सम्भव हुन्छ कि हुँदैन भन्ने पीरबाट उनी थिचिएका छन् ।
‘बाढीले हामीलाई खाल्डोमा गाड्यो, बस्ने ठाउँ नै सुरक्षित छैन’, उनी भन्छन्, ‘एउटा टहरो पनि कसरी बनाउने भन्ने पनि मलाई थाहा छैन, हामी बेसाहरा भयौं । ’
भोलिको पीर मात्रै हैन, बाँच्नका लागि आजैको खानेबस्ने चिन्तासमेत उत्तिकै छ । १२ असोजपछि सामूहिक मेस चलाइरहेको सुमनको सिंगै परिवारलाई केही बोरा चाम राहतमा नआएको हैन । तर, चामल सकिंदै जाँदा के खाने भन्ने पीर बढ्दै जाने अवस्थाले सुमनलाई सम्हालिन गाह्रो हुन्छ ।
जिन्दगीमा एक बोरा चामल पनि अरुबाट आश गर्नुपर्ने बेला आउला भन्ने उनलाई कहिल्यै लागेको थिएन । एउटा हातै नभएपनि आफ्नो पौरखले बाँच्न पाएकोमा गर्व थियो ।
अहिले अवस्था त्यस्तो छैन । ठूला ढुंगामाथि लगाइएको चुल्होमा भात बसालेपछि खैलाबैला हुन्छ, ‘तरकारी के खाने ?’ उनीहरु तरकारी समेत गाउँबाट मागेर ल्याएर खानुपर्ने अवस्थामा आइपुगेका छन् ।
‘अपांग त थिएँ, तर आफूलाई कहिल्यै मनको कमजोर छु जस्तो लाग्दैन थियो’, सुमन भन्छन्, ‘अहिले त फतक्कै गलेको छु, म यति कमजोर मान्छे होइन, परस्थितिले बनाउँदो रहेछ ।’
यस्तो बेला सरकार र राज्यको उपस्थिति शून्य देखेर उनलाई झन् चित्त दुखेको छ । ‘यस्तो पीडामा के छ भनेर सोध्न नआएको सरकार कहिले काम आउँछ ?’ उनी भन्छन्, ‘गुनासो हैन, सरकारसँग हाम्रो चित्त दुखाइ छ ।’
उनले रेडियो टिभी र युट्युबमा सरकारका मान्छे र दलका नेताले अपांगता भएकाहरुको अधिकारको बहस र भाषण बाजी गरेको धेरै हेरेका छन् । तर, संकटमा पर्दा पनि विशेष अवस्थामा आफूजस्ता मान्छेमाथि न्याय गर्न नसक्ने तिनीहरुप्रति घृणा लागेको उनको भनाइ छ ।
‘असहाय, अपांग र गरिबलाई अपांगका लागि भनेर एनजीओ खुल्छन्, सरकारमा सहयोग आएको छ भन्छन्’, उनी भन्छन्, ‘अहिले यो अवस्थामा नपाएको सहयोग कहिले पाइन्छ ?’
<iframe title="सुमनको पीडा : हात त थिएन, घर र घट्ट पनि रहेन" src="https://www.youtube.com/embed/Q8xbhmcCKrI?feature=oembed" width="640" height="360" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" allowfullscreen="allowfullscreen" loading="lazy" referrerpolicy="strict-origin-when-cross-origin"></iframe>
काठमाडौँ — आगामी मंसिर १६ गतेका लागि घोषणा गरिएको स्थानीय तहको उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
असोज १० देखि १६ गतेसम्म दिइएको समय अवधिमा प्राप्त २६ निवेदनमध्ये २५ वटा दल दर्ता भएको आयोगले आइतबार विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।
'मंसिर १६ गते आइतबार सम्पन्न हुने स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि आयोगको निर्णयबमोजिम २०८१ असोज १० देखि १६ गतेसम्म नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निवेदन दर्ता हुन आएका २६ दलमध्ये आयोगको २० गते बसेको बैठकको निर्णयअनुसार कानूनी रीत पूरा भएका २५ दलहरूलाई राजनीतिक दलसम्बन्धी नियमावली,२०७४ को नियम १७ को उपनियम (४) बमोजिम दर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ,' आयोगको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले यसअघि सार्वजनिक निर्वाचन तालिका अनुसार अब मंसिर २ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यही दिन बेलुका ५ देखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । त्यही दिन दिउँसो ३ बजेपछि मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरी मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
It is our great pleasure to introduce our company “NepalApp” as a rapidly growing in Electronics & IT serving company. Our main focus is on research, development and implementation of new innovative ideas on IT and Electronics related fields. As well as ,we are successfully handling our Customers with quality IT Equipment’s.
Being IT company we also provide IT security. we work on security products like CC Camera, IP Camera, Attendance Software, RFID ...